अर्को हप्ता ‘डब्ल्यूडब्ल्यूडीसी’ मा नयाँ म्याक्स आउने संभावना

Technology Khabar १७ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

एप्पलले आगामी जुन महिनाको ५ तारिख देखि सुरु हुने वार्षिक विकासकर्ता सम्मेलन (डब्ल्यूडब्ल्यूडीसी) आयोजना गर्ने भएको छ।

ब्लूमबर्गका प्रमुख संवाददाता मार्क गुरम्यानकाअनुसार एआर/विआर हेडसेटका साथै एप्पलको स्मार्टफोन, ट्याब्लेटका कम्प्युटर र स्मार्टवाचहरुका लागि कम्पनीको अपरेटिङ सिस्टमको नयाँ संस्करण देखिने छ।

गुरम्यानले उल्लेख गरेको थप चाखलाग्दो जानकारीका अनुसार डब्ल्यूडब्ल्यूडीसी मा “केही नयाँ म्याक्स” पनि हुने बताइएको छ। यसको अर्थ डब्ल्यूडब्ल्यूडीसीमा एम२ चिपसेट सहितको १५ इन्चको म्याकबुक एयरको साथै अन्य केही म्याकहरु पनि हुने उल्लेख छ।

गुर्मनका अनुसार एम३ प्लेटफर्म सहितको म्याक्स यस वर्षको अन्तमा प्रस्तुत गरिने भएको उल्लेख छ। नयाँ म्याकबुक एयरमा एम२ चिप हुने भएकाले “अल्टिमेट सीपीयू पर्फमेन्स” को लागि एम२ अल्ट्रा चिप भएको नयाँ म्याक प्रो कम्प्युटर प्राप्त हुने बताइएको छ। साथै आईम्याक अल–इन–वन डेस्कटप को सम्भावना नभएको तर एम२ चिपको सहितको नयाँ म्याक स्टुडियो पनि देख्न सकिने छ।

मुख्य भाषण (की नोट) स्थानीय समयअनुसार बिहानको १० बजे सुरु हुने उल्लेख गरिएको छ। साथै उक्त डब्ल्यूडब्ल्यूडीसी कन्फ्रेन्सको लाइभ स्ट्रिम उपलब्ध हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १७ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया