Technology Khabar १७ जेष्ठ २०८०, बुधबार
काठमाडौं ।
चिनियाँ वैज्ञानिकहरूले पृथ्वीको क्रस्टमा १० हजार मिटर (३२,८०८ फिट) प्वाल खन्न थालेका छन्।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रले पृश्वीको सतहभन्दा माथि र तल नयाँ फ्रन्टियर्स पत्ता लगाउन प्वाल खन्न सुरु गरेको ब्लूमबर्गले उल्लेख गरेको छ।
चीनको हालसम्मकै सबैभन्दा गहिरो बोरहोलको लागि मंगलबार तेलका लागि धनी सिनजियाङ क्षेत्रमा ड्रिलिंग सुरु भएको आधिकारिक सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। सोही दिन बिहान चीनले गोबी मरुभूमिबाट आफ्नो पहिलो नागरिक अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको थियो।
जमिनमा रहेको साँघुरो शाफ्टले १० भन्दा बढी महाद्वीपीय तहहरू वा चट्टानको तहहरूमा प्रवेश गर्नेछ, र पृथ्वीको क्रस्टमा रहेको क्रेटासियस प्रणालीमा पुग्नेछ, जसमा ज्ञद्धछ मिलियन वर्ष पहिलेको चट्टान रहेको छ।
‘ड्रिलिंग परियोजनाको निर्माण कठिनाईलाई दुई पातलो स्टिल केबलहरूमा चल्ने ठूलो ट्रकसँग तुलना गर्न सकिन्छ,’ चाइनिज एकेडेमी अफ इन्जिनियरिङका वैज्ञानिक सन जिनसेङले सिन्ह्वालाई भने।
चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०२१ मा राष्ट्रका केही प्रमुख वैज्ञानिकहरूलाई सम्बोधन गर्दै गहिरो पृथ्वी अन्वेषणमा थप प्रगति गर्न आह्वान गरेका थिए।
यस्तो कार्यले खनिज र ऊर्जा स्रोतहरू पहिचान गर्न तथा भूकम्प र ज्वालामुखी विष्फोट जस्ता वातावरणीय प्रकोपहरूको जोखिमहरूको मूल्याङ्कन गर्न मद्दत गर्न सक्ने विश्वास गरिएको छ।
पृथ्वीमा सबैभन्दा गहिरो मानव निर्मित प्वाल रुसीको कोला सुपरदीप बोरहकोल हो। यो २० वर्षको ड्रिलिङ पछि सन् १९८९ मा १२ हजार २६२ मिटर (४० हजार २३० फिट) को गहिराइमा पुगिएको थियो।
प्रकाशित: १७ जेष्ठ २०८०, बुधबार