आइएमई पे र अरोगीन हेल्थ केयर बीच सम्झौता, भुक्त्तानीमा ४५ प्रतिशतसम्मको छुट

  • Technology Khabar | १७ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

‘आइएमई पे’ र अरोगीन हेल्थ केयर बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५% सम्म छुट प्राप्त सकिने छ।

सम्झौता पत्रमा अरोगीन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरे।

उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधा बमोजिम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने छ। सो छुट सिमित सेवालाई मात्र लागु हुने जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया