
काठमाडौं ।
गुणस्तरीय स्वास्थ्य सेवा तथा उत्पादनहरूमार्फत दैनिक स्वास्थ्य सेवा आवश्यकताहरू घरमै पुर्याउने उद्देश्यले मेडीमार्ट नामक इकमर्स प्लेटफर्म सुरु भएको छ।
मेडीमार्ट डटकम (mediemart.com) नेपाली स्वास्थ्य सेवामा केन्द्रित ई-कमर्स प्लेटफर्म हो जसले सेवाग्राहीको घरको ढोकामा गुणस्तरीय स्वास्थ्य सेवा उत्पादनहरू पुर्याउने जानकारी दिएको छ।
मेडीमार्टसँग धेरै उप-श्रेणीहरू सहित ४ भन्दा बढी प्रमुख उत्पादन कोटीहरू छन् जहाँ ग्राहकहरूले बेबी केयर, मेडिकल टूल्स, ब्यूटी केयर, जिम डाइट्स र अन्य धेरै जस्ता उत्पादनहरू सजिलै किनमेल गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
सेवाको शुरुवात भएको अफरको रूपमा १६ जेठदेखि ३१ जेठसम्म स्वास्थ्य उपकरणहरू, बेबी केयर उत्पादनहरू, सौन्दर्य उत्पादनहरू र जिम डाइटहरूमा ५ प्रतिशत बचत गर्न सक्ने कम्पनीका सीईओ निरज भट्टराईले जानकारी दिए।
यसबाहेक, कम्पनीकाअनुसार ग्राहकहरुको पहिलो डेलिभरीमा ५ प्रतिशत अतिरिक्त छुट (नगद पोइन्ट) प्रदान गरिनेछ जुन भविष्यमा अन्य उत्पादनहरू खरिद गर्दा प्रयोग गर्न सकिन्छ।
मेडीमार्टले सामान खरिदमा फोनपे ईसेवा र खल्ती जस्ता डिजिटल भुक्तानीहरूका साथै डेलिभरीको समयमा नै नगद स्वीकार गर्ने जनाएको छ।
प्रकाशित: १७ जेष्ठ २०८०, बुधबार