पहिलो त्रैमासको फ्ल्यागशिप शीर्ष बिक्रीमा आईफोन अगाडि, ग्यालेक्सी एस२३ अल्ट्रा एन्ड्रोइडमध्ये लोकप्रिय

  • Technology Khabar | १७ जेष्ठ २०८०, बुधबार
पहिलो त्रैमासको फ्ल्यागशिप शीर्ष बिक्रीमा आईफोन अगाडि, ग्यालेक्सी एस२३ अल्ट्रा एन्ड्रोइडमध्ये लोकप्रिय

काठमाडौं ।

क्यानालिसको पछिल्लो रिपोर्टका अनुसार २०२३ को पहिलो त्रैमासिकको प्रिमियम खण्डमा एप्पलको आईफोन लाइनअप शीर्ष स्थानमा रहन सफल भएको छ।

तथ्यांककाअनुसार, आईफोन १४ प्रो म्याक्स सबैभन्दा धेरै बिक्रि हुने फ्ल्यागशिप भएको थियो भने त्यसपछि आईफोन १४ प्रो, आईफोन १४, र आईफोन १३ रहेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

२०२३ को जनवरी र मार्च महिना बीचको सम्पूर्ण ढुवानीको ३१ प्रतिशत प्रिमियम डिभाइसहरू रहेका थिए जुन ५०० डलर म्यानुफ्याक्चरर्स सजेस्टेड रिटेल प्राइस (एमएसआरपी) भन्दा बढी हुनुका साथै पछिल्लो पाँच वर्षमा सबैभन्दा उच्च पनि भएको बताइएको छ।

यस विशेष खण्डको वार्षिक वृद्धी दर ४.७ प्रतिशतले बढेको बताइएको छ। साथै उक्त वार्षिक वृद्धिदरले समग्र स्मार्टफोन बजारलाई आउटपर्फम गरेको जुन वार्षिक आधारमा १३.३ प्रतिशतले घटेको उल्लेख छ।

त्यसै गरी डाटाले २०२३ को पहिलो त्रैमासिक (क्यू१) को लागि सबैभन्दा धेरै विक्री भएको एन्ड्रोइड फ्ल्यागशिप सामसङ ग्यालेक्सी एस २३ अल्ट्रा भएको खुलासा गरेको छ। शीर्ष १५ मा मुख्यतया सामसङ र एप्पलका डिभाइसहरूले कब्जा गरेको हुनाले तिनीहरूको प्रिमियम डिभाइसहरूको व्यापक उपलब्धतालाई बुझ्न सकिने उल्लेख छ।

उदाहरणको लागी, गुगलले १७ देशहरुमा पिक्सेल ७ सिरिज विक्री गरेको छ भने ओपोले फाइन्ड एन२ लाई चीनमा मात्रै सिमित राखेको छ। साथै गत अप्रिलमा म्याजिक ५ प्रो को लन्चको साथ अनरले अझै पनि लय समात्न प्रयास गरिरहेको तर लाइनमा पछि परेको उल्लेख गरिएको छ।

यस हप्ताको सुरुमा क्यानालिस विश्लेषक निकोल पेङ्गले विक्रेताहरूलाई ट्र्याकमा फर्किन र ढुवानीमा स्वस्थ वृद्धि रेकर्ड गर्न केही समय लाग्ने बताएको उल्लेख गरिएको छ। पूर्वानुमान अनुसार २०२३ को मागमा कमि हुने तर २०२४ मा वृद्धि तर्फ फर्किन आशा गरिएको थप उल्लेख छ।

प्रकाशित: १७ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...