स्पेनले थप १० लाख ग्रामीण परिसरलाई ३०० एमबीपीएसको ब्रोडब्यान्डमा जोड्ने

  • Technology Khabar | १७ जेष्ठ २०८०, बुधबार
स्पेनले थप १० लाख ग्रामीण परिसरलाई ३०० एमबीपीएसको ब्रोडब्यान्डमा जोड्ने

काठमाडौं ।

स्पेनले थप १० लाख ग्रामीण परिसरहरूमा ३०० एमबीपीएसको तिब्रगतिको ब्रोडब्यान्ड कनेक्सन पुर्याउने योजना लिएको छ। स्पेनको आर्थिक मामिला र डिजिटल रूपान्तरण मन्त्रालयले आफ्नो पछिल्लो यूनिको-ब्रोडब्यान्डका बारेमा सार्वजनिक परामर्श सुरु गरेको हो।

स्पेनले उच्च-गतिको फाइबरलाई देशभरका सेवा नपुगेका वा कमजोर रहेका स्थानहरूमा ल्याउनको लागि भएको जनाएको छ। सरकारले कम्तिमा ३०० एमबीपीएस (भविष्यमा १जीबीपीएसमा बढ्दै) को डाउनलोड गतिको कनेक्सन पुर्याउने छ।

यो हाल १०० एमबीपीएस स्पीडको जडानसमेत नभएका क्षेत्रमा फाइबर ल्याउन कोष उपलब्ध गराइने बताएको छ।

प्रकाशित: १७ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार