शाओमी मिक्स फोल्ड ३ मा यूडी क्यामरा र ५० वाटको वायरलेस चार्जिङ हुनसक्ने

  • Technology Khabar | १७ जेष्ठ २०८०, बुधबार
शाओमी मिक्स फोल्ड ३ मा यूडी क्यामरा र ५० वाटको वायरलेस चार्जिङ हुनसक्ने

काठमाडौं ।

शाओमीको मिक्स फोल्ड लाइनअपले यस गर्मीको अन्त्यमा मिक्स फोल्ड३ नामक नयाँ सदस्य पाउने अपेक्षा गरिएको छ। उक्त आगामी डिभाइसमा स्न्यापड्रागन ८ जेन २ चिपसेट र पेरिस्कोप क्यामराका साथै उपयुक्त आईपी रेटिङसहितको वाटरप्रुफ बडी ल्याउने अफवाह रहेको छ।

भरपर्दो टिप्सस्टर डिजिटल च्याट स्टेशनले मिक्स फोल्ड३ को लीक्ड स्पेक्सहरूको आफ्नो पछिल्लो बिबरण साझा गरेको र मुख्य फोल्डिङ स्क्रिनमा अन्डर–डिस्प्ले क्यामरा रहने सुझाव दिएको उल्लेख छ। उक्त अन्डर–डिस्प्ले (यूडी) क्यामरा मिक्स फोल्डको पहिलो दुई पुस्ताको मुख्य फोल्डिङ स्क्रिनमा समावेश नगरिएको जीएसएमएरिनामा रिपोर्ट गरिएको छ।

नयाँ लीकले अघिल्लो रिपोर्टहरूले उल्लेख गरेको ५ एक्स पेरिस्कोप लेन्स, स्न्यापड्रागन ८ जेन २ चिपसेट र ५० वाटको वायरलेस चार्जिङ्गको बारेमा पनि पुष्टि गरेको बताइएको छ। त्यसैगरी शाओमीले एक्सप्लोरर इडिसन कन्सेप्ट फोल्डिङ्ग फोनमा पनि काम गरिरहेको हुन सक्नेछ। साथै उक्त शाओमी कन्सेप्ट फोनलाई मिक्स फोल्ड ३ सँगसँगै प्रस्तुत गरिने सम्भावना रहेको अनुमान छ।

यद्यपी, आगामी शाओमी कन्सेप्ट फोनको बारेमा अहिले कुनै ठोस विवरणहरू भने उपलब्ध नभएको उल्लेख गरिएको छ। शाओमीले अगस्ट महिनामा मिक्स फोल्ड ३ लाई लन्च गर्ने अपेक्षा छ।

प्रकाशित: १७ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार