राष्ट्रपति कार्यालयले सार्वजनिक गर्यो नयाँ आधिकारिक ट्विटर ह्यान्डल

  • Technology Khabar | १६ जेष्ठ २०८०, मंगलवार
राष्ट्रपति कार्यालयले सार्वजनिक गर्यो नयाँ आधिकारिक ट्विटर ह्यान्डल

काठमाडौं ।

राष्ट्रपति कार्यालयले नयाँ आधिकारिक ट्विटर ह्यान्डल सार्वजनिक गरेको छ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आधिकारिक ट्विटर ह्यान्डललाई नै निजी ह्याण्डलको रुपमा लगेसँगै राष्ट्रपति कार्यालयले नयाँ ह्याण्डल ल्याएको हो।

शीतल निवासले राष्ट्रपति रामचन्द्र पौडेलका लागि आधिकारिकरुपमा @OOP_Nepal ट्विटर ह्यान्डल प्रयोगमा ल्याएको राष्ट्रपति कार्यालयमा पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको आधिकारिक ट्विटर अकाउन्ट @OOP_Nepal भएको जानकारीका लागि अनुरोध छ।

यसअघि पूर्व राष्ट्रपति भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्विटर ह्यान्डल व्यक्तिगत बनाएसँगै करिब साढे २ महिनापछि नयाँ ट्विटर ह्यान्डल सार्वजनिक भएको छ।

सो ट्विटर अकाउन्ट यहि मे महिनामा तयार गरिएको देखिन्छ र उक्त ह्याण्डलबाट करिब ८ घण्टा अगाडि पाँचौ राष्ट्रिय महिला अधिकार दिवसको बारेमा शुभकामना संदेशसहित एउटा ट्वीट गरिएको छ।

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार