अबैध मोबाइल कारोबारको आशंकामा ताम्राकार कम्प्लेक्सका केहि पसलमा राजस्वको छापा

  • Technology Khabar | १६ जेष्ठ २०८०, मंगलवार
अबैध मोबाइल कारोबारको आशंकामा ताम्राकार कम्प्लेक्सका केहि पसलमा राजस्वको छापा
न्यूरोड पाकोमा रहेको ताम्राकार कम्प्लेक्स भवन । फाइल तस्विर

काठमाडौं ।

ताम्राकार कम्प्लेक्समा अबैध मोबाइल कारोबार भएको भन्दै राजस्वले छापा हानेको छ। बजेट भाषणको दिन अर्थात जेठ १५ गते सोमबार प्रहरीको साथमा राजस्वले बिल बिजक बिनाका अवैधरुपमा मोबाइल फोनहरु बिक्री गरेको भन्दै छापा हानेको बताईएको छ।

यसले गर्दा अपरान्हदेखि ताम्राकार कम्प्लेक्समा तनाबको माहौल भएको थियो भने मोबाइल किन्न गएका ग्राहकहरुलाई समेत बाहिर निकालेर पुरै कम्प्लेक्स बन्द गराईएको थियो।

प्रहरीले बिल बिजक बिनाका खुलारुपमा भन्सार छलि गरेर ल्याएका फोनहरु केहि मर्मत केन्द्रहरुबाट जफत गरेको बताईएको छ।

ताम्राकार कम्प्लेक्समा रहेका केहि पसलहरुले सामाजिक संजालमार्फत भन्सार छलेर ल्याएका फोनहरु प्रचार प्रसार बिक्री गरेको जानकारी आएपछि प्रशासन र राजस्व अनुसन्धानले छापा हानेको बताईएको छ।

उक्त विषयमा ताम्राकार कम्प्लेक्समा रहेका मोबाइल व्यवसायीहरुको छाता संस्था मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष गुरुदत्त शर्माले फोन मर्मत गर्ने केहि सर्भिस सेन्टरका पसलेहरुले अवैध फोनको कारोबार गरेको भन्दै प्रहरीले छापा हानेको जानकारी दिए।

“केहि समय प्रहरी आएपछि तनाब भएको हो। आज सबै कम्प्लेक्स खुला छ र कारोबार भईरहेको छ,” उनले भने।

उक्त समस्या सोमबार नै समाधान भईसकेको उनले जानकारी दिए।

उता नेपाल मोबाईल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले मोबाइलको अबैध कारोबार गर्नेलाई संरक्षण गर्न नहुने भन्दै त्यस्ता व्यवसायीहरुलाई महासंघले कुनै पनि किसिमको सर सहयोग नगर्ने बताए।

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार