आईफोन १६ प्रो मोडेलहरूमा ठूला स्क्रिनहरू हुने नयाँ विश्लेषकको दाबी

  • Technology Khabar | १६ जेष्ठ २०८०, मंगलवार
आईफोन १६ प्रो मोडेलहरूमा ठूला स्क्रिनहरू हुने नयाँ विश्लेषकको दाबी

काठमाडौं ।

२०२४ को एप्पलको आईफोन १६ प्रो लाइनअपमा ठूलो डिस्प्ले हुने उल्लेख गरिएको छ। यस अघि रोस यंगले यस महिनाको सुरुमा एप्पलको आईफोन १६ प्रो लाइनअपमा ठूलो डिस्प्ले हुने भनी पहिलो पटक दाबी गरेका थिए।

साथै त्यसको केही दिन पछि मिङ–ची कुओले पनि सोहि विषय उल्लेख गरेको र दुबैले आईफोन १६ लाइनअपको प्रो मोडेलहरूमा ठूलो स्क्रिनहरू समावेश गरिने छ भनेर एउटै कुरा बताएको उल्लेख गरिएको छ। त्यसै गरी मार्क गुर्मनको आइतवारको न्यूजलेटरले यी दावीहरूको पुष्टि गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यद्यपि, आईफोन १६ प्रो र प्रो म्याक्समा आफ्ना पूर्ववर्तीहरूको तुलनामा कति ठूला बनाउने भन्ने बारेमा कुनै स्पष्ट जानकारी उपलब्ध नभएको बताइएको छ। गुर्मनका अनुसार आईफोन १६ प्रो र प्रो म्याक्समा ठूलो डिस्प्लको वृद्धि एकदम मामूली हुने बताएको उल्लेख छ।

अर्कोतर्फ, रस यङ्गले भने आईफोन १६ प्रो र प्रो म्याक्समा क्रमशः ६.२ र ६.८ इन्चको ठूलो डिस्प्ले समावेश गरिने बताएको उल्लेख गरिएको छ। त्यसै गरी कुओका अनुसार उक्त स्क्रिनहरू अझ ठूला ६.३ र ६.९ इन्चको हुने विश्वास रहेकोछ।

लामो समयदेखि प्रतिक्षा गरिएको पेरिस्कोप–लाईक जुम क्यामराको कारणले आईफोन १६ प्रो र प्रो म्याक्समा आफ्ना पूर्ववर्तीहरूको तुलनामा ठूला स्क्रिनहरू बनाउन लागिएको मार्क गुरम्यानले विश्वास गरेको बताइएको छ। जे भएपनि, एप्पलले उक्त फोनहरूमा अतिरिक्त हार्डवेयर राख्न चाहेको कारणले आगामी आईफोन १६ प्रो लाइनअपमा ठूलो डिस्प्ले समावेश गरिन लागिएको उल्लेख छ।

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...