विश्वव्यापी स्मार्टवाच बजारमा सामसङलाई उछिन्दै फायर–बोल्ट दोस्रो स्थानमा

  • Technology Khabar | १६ जेष्ठ २०८०, मंगलवार
विश्वव्यापी स्मार्टवाच बजारमा सामसङलाई उछिन्दै फायर–बोल्ट दोस्रो स्थानमा

काठमाडौं ।

भारतीय स्मार्टवाच ब्रान्ड फायर बोल्टले सामसङलाई पछि पार्दै ग्लोबल स्मार्टवाच मार्केट (विश्वव्यापी स्मार्टवाच बजार) मा दोस्रो स्थान हासिल गरेको छ।

उत्तरी अमेरिकामा सामसङको बढ्दो लोकप्रियताको बावजुद, उक्त क्षेत्र बाहिर सामसङको ढुवानीले उल्लेखनीय गिरावटको सामना गरेको र त्यसैको परिणामस्वरूप फायर–बोल्टले साघुँरो विजय प्राप्त गर्न सफल भएको गीज्मोचाइनामा रिपोर्ट गरिएको छ।

काउन्टरपोइन्ट रिसर्चका अनुसार फायर–बोल्टले २०२३ को पहिलो त्रैमासिकमा ९ प्रतिशत शिपमेन्ट सेयर हासिल गर्यो भने सामसङले पनि समान ९ प्रतिशतको ग्लोबल शिपमेन्ट सेयर कायम गरेको उल्लेख छ। साथै यो सानो भिन्नताले फायर–बोल्टलाई विश्वव्यापी वरीयतामा कोरियाली टेक जायन्टलाई उछिन्न मद्दत गरेको बताइएको छ।

त्यसै गरी, एप्पलले स्मार्टवाच खण्डमा आफ्नो नेतृत्व कायमै राखेको छ। यद्यपि कम्पनीको ग्लोबल शिपमेन्ट सेयर (विश्वव्यापी ढुवानी साझेदारी) २०२२ को पहिलो त्रैमासिकमा रहेको ३२ प्रतिशतबाट २०२३ को पहिलो त्रैमासिकमा २६ प्रतिशतमा झरेको उल्लेख छ।

ह्वावेले चीनको ढुवानीमा गिरावट बेहोर्नु परेतापनि एलएटीएएम, एमईए र भारत जस्ता क्षेत्रहरूमा ढुवानीमा वृद्धि भएका कारण कम्पनीले आफ्नो विश्वव्यापी ढुवानी सेयर घाटा ९ प्रतिशतमा सीमित गर्न सफल भएको बताइएको छ। यद्यपी, ह्वावेले ग्लोबल स्मार्टवाच पोडियममा आफ्नो स्थान कायम राख्न असफल भएको उल्लेख छ।

फायर–बोल्टको सफलताको श्रेय भने भारतमा स्मार्टवाचको बढ्दो बजारलाई दिन सकिने बताइएको छ। भारतको स्मार्टवाच ढुवानीमा उल्लेखनीय वृद्धि देखिएको छ। २०२२ को पहिलो त्रैमासिकमा १२ प्रतिशतबाट वृद्धि भएर २०२३ को पहिलो त्रैमासिकमा २७ प्रतिशत पुगेको छ। भारतीय बजारमा फायर–बोल्टको प्रभुत्वले सामसङ माथिको विजयमा महत्त्वपूर्ण भूमिका खेलेको थप बताइएको छ।

फायर–बोल्टले थप किफायती विकल्पहरूमा जोड गरेको हुनाले ब्रान्डले भारतीय उपभोक्ताहरूमाझ राम्रोसँग प्रतिध्वनित हुँदै सफलता हासिल गरेको उल्लेख छ।

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार