
काठमाडौं ।
आगामी वर्षदेखि सरकारले स्मार्ट कार्डहरुमा १० प्रतिशत अन्तःशुल्क दर लिने भएको छ ।
आगामी आर्थिक वर्षदेखिको बजेटमार्फत सरकारले सो व्यवस्था गर्दै सिम कार्ड र मेमोरी कार्ड दुबैमा सो दरको अन्तशुल्क लिने घोषणा गरेको हो।
आर्थिक विद्येयक २०८० अनुसार आगामी आवदेखि सरकारले हेडफोन र ईयरफोनमा १५ प्रतिशत अन्तशुल्क लगाउने भएको हो।
यसअघि यस्तो सिम कार्ड र मेमोरी कार्डमा लिने अन्तःशुल्क दर ५ प्रतिशत मात्र रहेको थियो।
त्यस्तै अन्य प्रकारका स्मार्ट कार्डहरुमा पनि अन्तशुल्क १० लिने भएको हो।
यसका साथै डिजिटल क्यामराहरु र टेलिभिजन क्यामराहरु तथा भिडियो क्यामरा रेकर्डरहरुमा सरकारले बजेटमार्फत ५ प्रतिशत अन्तशुल्क लिनेछ।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार