ट्याबलेट आयातमा ५ प्रतिशत अन्तशुल्क लाग्ने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
ट्याबलेट आयातमा ५ प्रतिशत अन्तशुल्क लाग्ने

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्षदेखि ट्याबलेटमा समेत अन्तशुल्क लिने भएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै आर्थिक विद्येयक २०८० मार्फत ट्याबलेट आयातमा अन्तशुल्क लाग्ने व्यवस्था गरेका हुन्।

विद्येयककाअनुसार ८४७१.३०.२०मा ट्याबलेटलाई छुट्टै श्रेणीमा उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि ५ प्रतिशत अन्तशुल्क लिने भएको हो।

हालसम्म सरकारले ट्याबलेट र स्मार्टफोनलाई एउटै श्रेणीमा राख्दै आएको थियो। अब भने छुट्याएको देखिन्छ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...