
काठमाडौं ।
सरकारले नेपालमा सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिलाई करको दायरामा ल्याउन छुटको व्यवस्था गरेको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले विद्युतीय सेवा बिक्री गर्ने गैरबासिन्दा व्यक्तिले छुट दिने बताएका हुन्।
गैरबासिन्दा ब्यक्तिले २०८० जेठ मसान्तसम्मको मूल्य अभिवृद्धि कर (भ्याट) २०८० असार २५ गतेसम्म दाखिला गरेमा सोमा लाग्ने शुल्क, व्याज र थप दस्तुर मिनाहा हुने व्यवस्था बजेटमा गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार