विद्युतीय प्रणाली मार्फत बीजक जारी गर्ने व्यवस्था मिलाइने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
विद्युतीय प्रणाली मार्फत बीजक जारी गर्ने व्यवस्था मिलाइने

काठमाडौं ।

सूचना प्रणालीलाई थप सुदृढ बनाउँदै कारोबारको प्रकृतिअनुसार कारोबार रकमको न्यूनतम सीमा तोकी अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत बीजक जारी गर्ने व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ।

आगामी आर्थिक वर्षदेखि वार्षिक पच्चीस करोड भन्दा बढी रकमको कारोबार गर्ने करदातालाई केन्द्रीय बीजक अनुगमन प्रणालीमा आवद्ध गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने अर्थमन्त्री डा. प्रकाशसरण महतले बताएका हुन्।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले आर्थिक कारोबारका सूचनाहरूलाई एकीकृत गरी उपयोग गर्न निकायगत सूचना प्रणालीबीच अन्तरआवद्धता कायम गरी स्वचालित बनाइने बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार