एमडीएमएसमा दर्ता छुट भएका मोबाइल फोन शुल्क लिएर दर्ता गर्न दिने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
एमडीएमएसमा दर्ता छुट भएका मोबाइल फोन शुल्क लिएर दर्ता गर्न दिने

काठमाडौं ।

सरकारले थप शुल्क लिएर एमडीएमएसमा मोबाइल फोन दर्ता गर्न दिने भएको छ। एमडीएमएस लागू भएको अवधि भन्दा अगाडि प्रयोगमा आएका मोबाइल फोनलाई एकमुस्ट शुल्क लिएर दर्ता गर्न दिने भएको हो।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।

“विभिन्न कारणले दर्ता हुन नसकेका मोबाइल फोन २०८० असार मसान्तसम्ममा एकमुस्ट शुल्क तिरेर दर्ता गर्न सकिने व्यवस्था मिलाएको छु,” उनले भने।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा करिब ८० हजार यस्ता मोबाइल फोनहरु रहेका अनुमान छ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...