काठमाडौं ।
सरकारले कराधार बिस्तारका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकलाई थप एक थान मोबाइल ल्याउन सकिने व्यवस्था गरिएकोमा अब टेलिभिजनमा ल्याउनसमेत छुट दिने भएको छ।
सरकारले १२ महिना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई एउटा थप टेलिभिजन ल्याउन दिने भएको हो।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, विद्युतीय भुक्तानी र नयाँ प्रविधि मार्फत वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने बताएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार