
काठमाडौं ।
सरकारले एकीकृत कर प्रणालीलाई व्यवस्थित बनाउने भएको छ।
अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन्।
उनले केन्द्रिय बिजक प्रणालीमा सुधार गरी कर दाताले सोही प्रणालीबाटै बिजक जारी गर्नसक्ने बनाईने घोषणा गरेका छन्।
यसका साथै कर प्रशासनलाई स्वचालित प्रणालीमा लैजाने भएको छ भने सबै करदातालाई क्यूआर प्रदान गरिनेछ।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार