
काठमाडौं ।
सरकारले साइबर सुरक्षा जोखिम न्यूनिकरण गर्न राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने बताए।
‘राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याई साइबर सुरक्षा सम्बन्धि जोखिम न्यूनिकरण गरिनेछ। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइनेछ,’ बजेट वक्तव्यमा उल्लेख छ।
‘सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्था सुधार गरिनेछ।’ उनले घोषणा गरे।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार