
काठमाडौं ।
सरकारले नेपाल टेलिकमको शेयर विनिवेश गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।
उनले नेपाल टेलिकमको सरकारी शेयरको निश्चित प्रतिशत शेयर विनिवेश गर्ने योजना ल्याउने बताए।
यसका साथै घाटामा संचालन भएका कम्पनीलाई समेत व्यवस्थापन गर्ने भएको छ।
उनले सार्वजनिक संस्थाहरुलाई कम्पनीको रुपमा संचालन गर्ने योजना समेत घोषणा गरे।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार