सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँको बजेट

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँको बजेट

काठमाडौं ।

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। जसमा सरकारले सबैको पहुँचमा सूचना प्रविधिको बिस्तार र पहुँच बढाउने योजना लिएको छ।

यसको लागि सरकारले “आधुनिक जीवनको आधार सूचना प्रविधि र सञ्चार” भन्ने नारा तय गरेको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।

अर्थमन्त्री डा. महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका छन्।

चालु आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

यसअन्तरगत सरकारले ब्रोडब्याण्ड बिस्तार र देशभर फोरजी सेवाको बिस्तार गर्ने योजना ल्याएको छ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...