रु.१०० मा नै कम्पनी दर्ता र अनलाइनबाटै खारेज गर्न सकिने व्यवस्था गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
रु.१०० मा नै कम्पनी दर्ता र अनलाइनबाटै खारेज गर्न सकिने व्यवस्था गरिने

काठमाडौं ।

सरकारले अनलाइनबाटै कम्पनी दर्ता गर्न सकिने र खारेजीको व्यवस्था गर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।

उनले अधिकृत पूँजी रु.१०० मा नै र अनलाइनबाटै नयाँ कम्पनी दर्ता तथा खारेज गर्न सकिने बताए।

“नयाँ कम्पनी दर्ता गर्दा र कम्पनीको पुँजी वृद्धि गर्दा शुल्क लाग्दै आएकोमा अबदेखि कुनै पनि शुल्क र दस्तुर नलाग्ने व्यवस्था मिलाइनेछ,” अर्थमन्त्री महतले घोषणामा भने। यसका साथै उनले न्यूनतम एक सय रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्नसक्ने कानूनी व्यवस्था गरिने बताए।

यसका साथै सरकारले अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्ने सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी बनाउने भएको छ।

त्यस्तै उद्योग सञ्चालन गर्दा लगानी स्वीकृति लगायतका सेवालाई एकलविन्दु सेवा केन्द्रबाट विद्युतीय प्रणालीमार्फत प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार