आगामी आर्थिक वर्षमा डिजिटल बैंकको स्थापना गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
आगामी आर्थिक वर्षमा डिजिटल बैंकको स्थापना गरिने

काठमाडौं ।

सरकारले आगामी वर्ष सूचना प्रविधि तथा नवप्रवर्तन र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुँदै निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने भएको छ।

यस्तै सरकारले डिजिटल अर्थतन्त्रका प्रवर्दन गर्नका लागि डिजिटल बैंक स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रका लागि प्रवर्द्धन गर्न डिजिटल बैंक स्थापना गर्ने बताएका हुन्।

डिजिटल अर्थतन्त्त प्रवर्द्धन गर्न सञ्चार, पूर्वाधारको विकास डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवर्द्धन गरिने बताएका हुन्।

साथै, आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लिकेसनको प्रयोग र अन्य नेटवर्कको प्रयोगलाई बढवा दिइने बजेट वक्तव्यमा उल्लेख छ।

यसबाट आर्थिक कारोबारको लागत घट्ने, समय बचत हुने, कार्य कुसलता वृद्धि हुने र साथै पारर्दिशी र सुशासन कायम भई प्रतिस्पर्धात्मक क्षमता वृद्धि अर्थमन्त्रीको अपेक्षा छ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार