नवप्रवर्तनका लागि १ अर्ब रुपैयाँको कोष स्थापना

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
नवप्रवर्तनका लागि १ अर्ब रुपैयाँको कोष स्थापना

काठमाडौं ।

आत्मनिर्भर अर्थतन्त्रका लागि सरकारले नवप्रवर्तनलाई बढावा दिएको छ र यसका लागि ७ अर्ब रुपैयाँ बिनियोजन गरेको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।

उनले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाईने बताए।

यसका साथै सरकारको कुल पूँजीको १ प्रतिशत अनुसन्धान र नवप्रवर्तनका लागि छुट्टै कोषका लागि १ अर्ब बिनियोजन गरेको छ।

यसका लागि सरकारले सबै किसिमका नवप्रवर्तन र अनुसन्धानका लागि समेत सोहीअनुसार व्यवस्था गर्ने भएको छ।

स्टार्टअप इकोसिस्टम विकास गरिने छ भने काठमाडौं‌मा इन्क्यूबेसनसेन्टर स्थापना गरिने बताईएको छ।

स्टार्टअपलाई प्रोत्साहन गर्न छुट्टै रकम बिनियोजन गरेको उनले घोषणा गरे।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...