
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै प्रकार र तह (सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृति) का विद्यालयले आउँदो असार १५ गतेभित्र विद्युतीय एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गरिसक्न निर्देशन दिइएको छ।
केन्द्रले आईतबार एक सूचना प्रकाशित गर्दै सबै प्रकार र तहअन्तर्गतका सामुदायिक, संस्थागत र परम्परागत/धार्मिक प्रकृतिका विद्यालयले शैक्षिक सत्र २०८० को लागि सिस्टममा अद्यावधिक गर्न निर्देशन दिएको हो।
विद्यालय शिक्षासँग सम्बन्धित तथ्याङ्क र सूचना वेब बेस्ड सिस्टममा व्यवस्थापन गरी तिनको सङ्कलन, एकीकरण, विश्लेषण, प्रतिवेदन तयारी, प्रवोधीकरण र प्रकाशन गर्दै त्यसको आधारमा योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनका कार्यहरु केन्द्रले गर्दै आएको उक्त सूचनामार्फत जनाएको छ।
शैक्षिक सत्रको सुरुमा र शैक्षिक सत्रको अन्त्यमा गरी प्रत्येक शैक्षिक सत्रमा दुई पटक अनलाइन अद्यावधिक गर्ने गर्न सकिने जनाइएको छ।
निर्देशक रामचन्द्र शर्माकाअनुसार यसरी अद्यावधिक गर्दा मोन्टेरी–ईसीइडीदेखि कक्षा १२ सम्म सञ्चालन भएका विद्यालयले आआफ्नो विद्यालयको एक्सल बेस्डको आइइएमआइएस अनिवार्य रुपमा अद्यावधिक गर्ने तथा नयाँ विद्यालय भए निर्धारित मितिभित्र स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट विवरण भर्नुपर्ने छ।
कुनै स्थानीय तहभित्र कक्षा ११ र १२ मात्र सञ्चालन गरिरहेका विद्यालयले अनिवार्य रुपमा विवरण अद्यावधिक गर्नुपर्ने केन्द्रले उक्त सूचनामार्फत जनाएको छ।
हेर्नुस् सूचना-
media_file-1-566267713प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार