नयाँ विन्डोज ११ प्रिभ्यूमा सेभ गरिएका सबै वाईफाई पासवर्ड अब हेर्न सकिने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
नयाँ विन्डोज ११ प्रिभ्यूमा सेभ गरिएका सबै वाईफाई पासवर्ड अब हेर्न सकिने

काठमाडौं ।

विन्डोज ११ सार्वजनिक भएको अहिले दुई वर्षभन्दा बढी भइसकेको छ। विन्डोज ११ पछि केहि सफल भएको अपरेटिङ सिस्टमले धेरै फिचर्स (सुविधाहरू) ल्याएको छ। यद्यपि यस नयाँ संस्करणमा युजर–फ्रेन्डली फिचर्स (प्रयोगकर्ता–अनुकूल सुविधाहरू) को संख्या बढाए तापनि स्मार्टफोनहरूमा जस्तै केही क्षेत्रमा भने पछि परेको बताइएको छ।

साथै माइक्रोसफ्टले उक्त अवस्थालाई ठीक गर्नको लागि भनेर सकेको सबै गरिरहेको उल्लेख छ। त्यसैगरी माइक्रोसफ्टले हाल विन्डोज ११ इनसाइडर प्रिभ्यूमा नयाँ फिचर (सुविधा)को परीक्षण गरिरहेको बताइएको छ। परीक्षणमा रहेको उक्त फिचरले प्रयोगकर्ताहरूलाई सजिलैसँग आफ्नो वाईफाई पासवर्डहरू अरूसँग साझेदारी गर्न अनुमति दिने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

विन्डोज ११ मा अधिक रुपमा प्रयोगकर्ता–मैत्री सुविधाहरू रहेको बताइएको छ। यद्यपि, तिनीहरूमध्ये एकले सेभ गरिएका वाईफाई नेटवर्कहरू र पासवर्डहरू नदेखाएको उल्लेख छ। अन्ततः अब यो स्थिति परिवर्तन हुने भएको छ। माइक्रोसफ्टले विन्डोज ११ को नयाँ इनसाइडर प्रिभ्यू बिल्ड लन्च गरेको छ। यस नयाँ इनसाइडर प्रिभ्यू बिल्डले प्रयोगकर्ताहरूलाई सेभ भएका सबै वाईफाई पासवर्डहरू हेर्न सक्षम बनाउने फिचर प्रस्तुत गरेको छ।

यस अघि, प्रयोगकर्ताहरूले वाईफाई पासवर्डहरू फेला पार्नको लागि थर्ड–पार्टि टूल प्रयोग गर्नुपर्ने वा रजिस्ट्रीमा खोज्नु पर्ने थियो। तर अब वाईफाई पासवर्डहरू कसैसँग सेयर गर्न आवश्यक परेमा वा यदि पासवर्डहरू बिर्सएको खण्डमा भने यस नयाँ फिचरले वाईफाई पासवर्डहरू फेला पार्न धेरै सजिलो हुने बताइएको छ। साथै प्रयोगकर्ताहरूले धेरै सरल चरणहरू अनुसरण गरेर आफ्नो वाईफाई पासवर्डहरू हेर्न सक्षम हुने छन्।

सेभ गरिएका वाईफाई पासवर्डहरू हेर्नको लागि पहिले सेटिङ्स एप खोल्नुपर्ने र त्यसपछि नेटवर्क र इन्टरनेट भित्र गएर वाईफाईमा जानुपर्ने हुन्छ। त्यसपछि म्यानेज नोन नेटवर्कस् सेक्सन अन्तर्गत विगतमा कम्प्युटर जडान गरिएका सबै वाईफाई नेटवर्कहरूको सूची देखा पर्नेछ।

अब नेटवर्कको पासवर्ड हेर्नको लागि सेलेक्ट गरेर त्यसपछि भ्यू वाईफाई सेक्यूरिटी की बटनमा क्लिक गर्नुपर्ने छ। र यसपछि पासवर्ड प्लेन टेक्स्ट (सादा शब्द) मा प्रदर्शित हुने उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...