
काठमाडौं ।
मालपोत अभिलेख सुरक्षा तथा सुदृढीकरण कार्यक्रम अन्तर्गत भूमिसुधार तथा मालपोत कार्यालयमा रहेका श्रेस्ता मध्ये २ करोड १९ लाख १६ हजार पाना डिजिटाइजेसन कार्य सम्पन्न भई (डीएमएस) डिजिटल म्यानेजमेन्ट सिस्टममा आवद्ध भएका छन्।
आईतबार सार्वजनिक गरिएको २०७९/८० को आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म २ करोड १९ लाख १६ हजार पाना डिजिटाइजेसन कार्य सम्पन्न भई डीएमएसमा आवद्ध भएको हो।
आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी जग्गा प्रशासनमा पब्लिक एक्सेस मोड्यूल (पाम) (Public Access Module (PAM) लागू गर्ने क्रममा २०७९ फागुनसम्म ७९ भूमिसुधार तथा मालपोत कार्यालयमा भू-सेवा केन्द्र विस्तार भएको छ। बैङ्क, वित्तीय संस्था तथा सञ्चय कोषले जग्गा रोक्का फुकुवा गर्न मालपोत कार्यालयमा जानु नपर्ने प्रविधि विकास गरी लागू गरेका छन्।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार