सूचना प्रशारण तथा सञ्चार क्षेत्रमा २० अर्ब ७५ करोड लगानीका २२६ उद्योग दर्ता

  • Technology Khabar | १४ जेष्ठ २०८०, आईतवार
सूचना प्रशारण तथा सञ्चार क्षेत्रमा २० अर्ब ७५ करोड लगानीका २२६ उद्योग दर्ता

काठमाडौं ।

सूचना प्रशारण तथा सञ्चार क्षेत्रमा २२६ उद्योग दर्ता भएका छन्। आईतबार सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुन मसान्तसम्म २० अर्ब ७५ करोड ७४ लाख रुपैयाँ बराबरको सूचना प्रशारण तथा सञ्चार उद्योगको दर्ता भएका छन्।

यी उद्योगले १२ हजार ८६५ जनालाई रोजगारी प्रदान गर्ने प्रस्ताव गरेका छन्।

नेपालमा स्वदेशी र वैदेशिक लगानीका गरी दुई प्रकारका सूचना प्रशारण तथा सञ्चार उद्योग दर्ता छन्। स्वदेशी लगानीका ८ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ बराबरको ९९ उद्योग दर्ता भएका छन्। स्वदेशी उद्योगले ६ हजार १३४ जनालाई रोजगारी प्रदान गर्ने प्रस्ताव गरेका छन्।

भने वैदेशिक लगानीको १२ अर्ब ४२ करोड रुपैयाँ बराबरको १२७ उद्योग दर्ता भएका छन्। वैदेशिक लगानीका उद्योगले ६ हजार ७२२ जनालाई रोजगारी प्रदान गर्ने प्रस्ताव गरेका छन्।

प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १४ जेष्ठ २०८०, आईतवार