
काठमाडौं ।
सरकारले नागरिकहरुलाई सेवा दिनका लागि तयार पारेको नागरिक एपमा ५५ ओटा सरकारी सेवाहरु आबद्ध भएका छन्।
२०७९ फागुनसम्म नागरिक एपमा ५५ सरकारी सेवा आवद्ध भएको सरकारी तथ्यांकमा उल्लेख छ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्ममा एकीकृत एसएमएस गेटवेमार्फत ३७ निकायद्वारा जम्मा ६८ लाख २७ हजार २७८ एसएमएस पठाइएको छ।
सो एकीकृत एसएमएस गेटवे सेवा २०७८ पुसमा संचालनमा आएको थियो। करिब १३ महिना वर्षको अवधिमा सो संख्यामा एकीकृत एसएमएस पठाईएको हो।
यसैगरि २०७९ फागुनसम्म सरकारी क्लाउडमा रहेका ३१९ सरकारी निकायमा सूचना प्रविधि प्रणाली उपयोगको लागि ७१९ भर्च्युअल मेसिन सञ्चालनमा रहेका छन्।
प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार