
काठमाडौं ।
सामसङले ग्यालेक्सी एस २३ फार्मवेयरको युरोपेली संस्करणको लागि सफ्टवेयर विकास सुरु गरेको बताईएको छ। यो विकास ग्यालेक्सी एस २३ एफईको अस्तित्वको बारेमा अनिश्चितता र अनुमानको अवधि पछि आउने बताइएको हो।
ग्यालेक्सी क्लब डट एनएलको नयाँ रिपोर्टअनुसार सामसङले निकट भविष्यमा उपकरण लन्च गर्ने सम्भावनालाई अझ बलियो बनाएको छ। भर्खरका रिपोर्टहरूले यसको अस्तित्व मात्र पुष्टि नगरेर यसका केही विशिष्टताहरू पनि अनावरण गरेको छ।
नयाँ रिपोर्टमा संकेत गरिए अनुसार, सामसङले मोडेल नम्बर एसएम एस ७११बी भएको डिभाइसको लागि फर्मवेयर परीक्षण गर्न थालेको जुन एस२३ एफई को युरोपेली संस्करण मात्र नभएको दावी गर्दै प्रकाशनले यसले यसको अमेरिकी र दक्षिण कोरियाली भेरियन्टहरूको लागि फर्मवेयर आउन बाँकी रहेको पनि बताईएको छ ।
सामसङले भर्खरै एस२३ एफई को फर्मवेयरको परीक्षण सुरु गर्दा बजारमा डेब्यु गर्नु अघि अझै धेरै समय बाँकी रहेको देखिएको बताइएको छ। यसको विपरित, ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ फर्मवेयरहरू अघिल्लो वर्षको अन्त्यदेखि परीक्षण भइरहेको तथा जुलाईको अन्त्यसम्ममा यी उपकरणहरू सार्वजनिक हुने अपेक्षा गरिएको बताईएको छ। ग्यालेक्सी एस २३ एफई २०२४ को शुरुवातसम्म अनावरण नहुन सक्ने पनि बताईएको छ।
रिपोर्टहरूका अनुसार, ग्यालेक्सी एस २३ एफई एक एमोलेड डिस्प्लेसँग सुसज्जित हुनेछ जसले पूर्ण एचडी प्लस रिजोल्युसन र १२० एचजेट रिफ्रेस दर प्रदान गर्दछ।
ह्यान्डसेटमा एक्सिनोस २२०० एसओसी र ६ जीबी/८ जीबी र्याम हुने तथा यो १२८ जीबी/ २५६ जीबी भण्डारण विकल्पहरूमा आउने र वान यूआई ५.१ को साथ एन्ड्रोइड १३ ओएसमा चल्ने बताईएको छ।
एस २३ एफई को पछाडि ओआईएस सक्षम ५० मेगापिक्सेल प्राथमिक क्यामरा हुने तथा यसले २५ वाट फास्ट चार्जिङ सपोर्टको साथ ४५,००० एमएएच ब्याट्री प्याक गर्ने पनि बताईएको छ।
प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार