युट्युबले जून २६ देखि यूट्युब स्टोरी बन्द गर्ने

  • Technology Khabar | १४ जेष्ठ २०८०, आईतवार
युट्युबले जून २६ देखि यूट्युब स्टोरी बन्द गर्ने

काठमाडौं ।

अब यूट्युब स्टोरी बन्द हुने भएको छ। जीएसएमएरिनाका अनुसार यूट्युब स्टोरी जुन २६ देखि बन्द हुनेछ।

अस्थायी पोस्ट मिडियमलाई चरणबद्ध रुपमा बन्द गरिँदै छ। जुन २६ मा सेयर गरिएका सबै यूट्युब स्टोरीहरु सात दिनको समयमा एक्सपाएर हुनेछन्।

यूट्युबले आफ्नो यूट्युब सर्टस र कम्युनिटी पोष्टहरुलाई प्राथमिकता दिन यूट्युब स्टोरी हटाउने निर्णयमा पुगेको हो।

यूट्युबले आफ्नो कम्युनिटी पोष्टहरु ‘लाइटवेट अपडेट’ सेयर गर्न र फलोअरहरु बीच छलफल सुरु गर्न उत्कृष्ट भएको विश्वास राखेको छ। सर्टसले स्टोरी भन्दा बढी ट्राफिक र सबस्क्राइबर प्रदान गर्छ।

यूट्युब स्टोहरु सुरुमा २०१७ मा रिल्सको रुपमा र एक वर्ष पछि स्टोरीरुको ब्रान्ड गरिएको थियो।

प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...