
काठमाडौं ।
अर्थ मन्त्रालयले मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस) बन्द गरेको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारी अन्तिम चरणमा भइरहेकाले जेठ १६ सम्मका लागि उक्त प्रणाली बन्द गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त प्रणाली बन्द गरिएको हो ।
एलएमबिआइएस कम्प्युटर प्रणालीमा आधारित सफ्टवेयर प्रणाली हो। बजेटमा आबद्ध कार्यक्रमको तयारी र खर्चमा सहजता ल्याउने उद्देश्यका साथ सरकारले यो प्रणाली सञ्चालनमा ल्याएको हो।
वार्षिक कार्यक्रम कार्यान्वयन गर्ने सबै सरकारी निकाय, मन्त्रालय, विभागले यसै प्रणाली अनुसार कार्यक्रमको तर्जुमा र खर्चको योजना बनाउनुपर्ने र उक्त प्रणालीमा प्रविष्ठ गर्नुपर्दछ।
उक्त प्रणालीको नियन्त्रण अर्थ मन्त्रालयले गर्ने गर्दछ।
प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार