आफ्नो स्मार्टफोन जलाशयमा खसेपछि भारतमा सरकारी अधिकारीले निकाल्न लगाए पानी, जागिर चैट !

  • Technology Khabar | १४ जेष्ठ २०८०, आईतवार
आफ्नो स्मार्टफोन जलाशयमा खसेपछि भारतमा सरकारी अधिकारीले निकाल्न लगाए पानी, जागिर चैट !
सांकेतिक तस्बिर

काठमाडौं ।

भारतको छत्तीसगढमा एक सरकारी अधिकारीले अनौठो निर्णय गरेका छन जसले उनको जागिर नै धरापमा परेको छ। ती सरकारी अधिकारीको फोन जलाशयमा खसेको थियो, र त्यो फोन पत्ता लगाउन उनले पोखरीबाट २१ लाख लिटर पानी निकाले।

उक्त घटना सार्वजनिक भएपछि अधिकारीलाई निलम्बन गरिएको छ। उक्त जलाशयको पानी प्रयोगका लागि उपयुक्त नभएको र निकासका लागि आफूले वरिष्ठबाट ‘मौखिक अनुमति’ लिएको अधिकारीले दाबी गरेका छन्। यो घटना छत्तीसगढको कांकेर जिल्लाको कोइलिबेडा ब्लकबाट बाहिर आएको हो।

भारतीय मिडिया एनडीटीभीको रिपोर्टकाअनुसार खाद्य अधिकारी राजेश विश्वास आफ्नो बिदा खेरकट्टा बाँधमा बिताइरहेका थिए। उनको भारु एक लाख रुपैयाँको स्मार्टफोन संयोगवश पानीमा खस्यो। फोन १५ फिट गहिरो पानीमा खसेको थियो। स्थानीयले उनको फोन खोजी गरेपनि सफल भएनन्। फोनको खोजीमा अधिकारीले दुई ओटा डिजेल पम्पको सहायताले तीन दिनसम्म जलाशयबाट पानी निकाले। करिब २१ लाख लिटर पानी निस्कासन गरियो। यति पानीले १५ सय एकड खेतमा सिँचाइ गर्न पर्याप्त थियो।

सोमबार साँझबाट सुरु भएको पानी घट्ने क्रम बिहीबारसम्म जारी रहेको समाचारमा जनाइएको छ। गुनासो पाएपछि सिँचाइ विभागका अधिकारीले घटनास्थल पुगेर काम बन्द गराए। त्यतिबेलासम्म पानीको सतह ६ फिटसम्म झरेको थियो।

राजेश विश्वासका तर्फबाट सेल्फी खिच्ने क्रममा उनको हातबाट फोन पानीमा खसेको बताइएको छ। फोनमा आधिकारिक डाटा थियो, त्यसैले खोजियो। राजेश विश्वासको दाबीअनुसार जलस्रोत विभागका एक अधिकारीले आफूलाई पानी कुनै काममा प्रयोग नहुने गरेको भनेपछि केही पानी पम्प गरेर निकालेको बताए।

जलस्रोत विभागका एक अधिकारीले स्थानीय सञ्चारकर्मीलाई भनेअनुसार, पाँच फिटसम्म पानी तान्न अनुमति दिएको भए पनि बढी पानी तानिएको छ।

विशेष कुरा के हो भने ती भारतीय अफिसरको फोन भेटियो तर तीन दिनसम्म पानीमा डुबेको सो फोन काम लाग्ने किसिमको छैन।

प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १४ जेष्ठ २०८०, आईतवार