
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडको मुख्य लगानीकर्ता कम्पनी आजियाटा ग्रुप बर्हादले पहिलो त्रैमासमा आम्दानी बढाएपनि एनसेलको आम्दानी भने घटेको छ।
हालै आजियाटाले सार्वजनिक गरेको सन् २०२३ को पहिलो वित्तीय त्रैमासिकको बिबरणअनुसार ग्रुपको आम्दानी झण्डै ८ प्रतिशतले बढेको छ।
सार्वजनिक बिबरणअनुसार आजियाटाको राजस्व पहिलो त्रैमासिकमा वार्षिक रूपमा ७.९ प्रतिशतले बढेर ५.३८ अर्ब मलेशियन रिंगिटमा पुगेको छ।
तर आजियाटाको लगानी रहेको एनसेलको आम्दानी भने उक्त त्रैमासमा करिब ९.५ प्रतिशतले घटेर ३१० मिलियन रिंगिट अर्थात ९ अर्ब १८ करोड २० लाख रुपैयाँमा झरेको छ। यस्तो आम्दानी अघिल्लो त्रैमासमा ९ अर्ब ६१ करोड ३० लाख रुपैयाँ रहेको थियो।
एनसेलको आम्दानीमध्ये कुल ३२ प्रतिशत हिस्सा डाटाबाट हुने आम्दानी रहेको छ। जुन अघिल्लो त्रैमासको तुलनामा १ प्रतिशतले घटेको छ।
कम्पनीले आम्दानी घट्नुमा विभिन्न कारणहरु देखाएको छ। यसमा प्रमुख न्यून इन्टरकनेक्ट दरलाई मानेको छ जसले एनसेलको भ्वाइसबाट हुने राजस्वमा प्रभावित पारेको छ। एनसेलकाअनुसार तल्लो कोरबाट प्रभावित वार्षिक राजस्व ५.४ प्रतिशतले घट्यो, जसले गर्दा ७.९% को राजस्व घट्यो।
तर अन्तर्राष्ट्रिय लामो दूरी (आईएलडी) को राजस्वमा ७ प्रतिशतको वृद्धि भएपनि कुनै सकारात्मक असर परेन्।
यसैगरी एनसेलले उच्च कर्मचारी र नेटवर्क लागतका कारण ईबीआईटी अर्थात ब्याज तथा कर अगाडिको आम्दानीलाई १८.१ प्रतिशतले घटाएको छ र परिणामस्वरूप पाटामी (PATAMI) १६.७ प्रतिशतले घट्यो।
सो अवधिमा कम्पनीको आम्दानी घटेपनि प्रति ग्राहकबाट हुने आम्दानी अर्थात आर्पुमा पनि मिश्रण देखिएको छ।
तथ्यांकअनुसार सो त्रैमासमा पोस्टपेडको आर्पुमा सुधार हुँदै प्रति ग्राहक २५९ रुपैयाँ भएको छ भने प्रिपेड ग्राहकको आर्पु घटेर १७३ रुपैयाँ पुगेको छ। यसअघिल्लो त्रैमासमा पोस्टपेड र प्रिपेडको आर्पु क्रमशः २४४ र १७८ रुपैयाँ रहेको थियो।
यस्तै कम्पनीको नगद ब्यालेन्स समेत सो त्रैमासमा घटेको देखिन्छ। तथ्यांकअनुसार सो अवधिमा नगद तथा नगदजन्य रकम १३ अर्ब ५ करोड ७० लाखमा झरेको छ। यसअघिको त्रैमासमा यस्तो नगद रकम १८ अर्ब ४ करोड १५ लाख रुपैयाँ रहेको थियो।
उता आजियाटाले भने समग्रमा कर पछिको नाफा वार्षिक रूपमा दोब्बर हुँदै ७४ मिलियन रिंगिटमा पुगेको जनाएको छ। यो सन् २०२२ को पहिलो त्रैमासिकमा अवास्तविक विदेशी मुद्रा अनुवाद घाटाको कारण भएको ४३ मिलियन रिंगिटको घाटासंगको तुलनामा उच्च हो।
आजियाटाले आम्दानी बढ्नुमा मुख्यगरी इन्डोनेशियाको व्यवसायमा सुधार हुनु र क्याम्बोडियाको आम्दानीमा केहि सुधारले सकारात्मक असर पारेको जनाएको छ।
प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार