शाओमीको पहिलो त्रैमासिकमा ३ करोड फोन बिक्री, ६० करोड सक्रिय प्रयोगकर्ता

Technology Khabar १३ जेष्ठ २०८०, शनिबार

काठमाडौं ।

शाओमीले २०२३ को पहिलो त्रैमासिक (क्यू१) को आफ्नो वित्तीय रिपोर्ट पोस्ट गरेको छ। साथै उक्त प्रतिवेदनमा देखिएका संख्याहरू ईभी खेलमा सामेल हुन लागेको चिनियाँ निर्माताका लागि आशाजनक देखिएको बताइएको छ।

सन् २०२३ को जनवरी र मार्चबीच कम्पनीको ५९४.८ मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू भएको र यस घोषणा प्रकाशित हुने समय सम्ममा प्रयोगकर्ताहरूको सक्रिय संख्या ६०० मिलियन अर्थात ६० करोड माइलस्टोनमा पुग्न सफल भएको छ।

स्मार्टफोन व्यवसायले ३०.४ मिलियन डिभाइसहरू ढुवानी गर्दै राजस्व ३५ बिलियन युआन पुगेको उल्लेख छ। साथै औसत बिक्री मूल्य १,१५२ युआन (१६३ डलर) भएको र अघिल्लो त्रैमासिकको तुलनामा यो २.७ प्रतिशतले बढेका बताइएको छ।

२०२३ को पहिलो त्रैमासिकमा ११.३ प्रतिशत बजार साझेदारीको साथ शाओमी तेस्रो स्थानमा रहेको बताइएको छ। तर अगाडिको स्थानमा रहेका एप्पल र सामसङले जनवरी र मार्च बीच फोनको संख्या लगभग दोब्बर ढुवानी गरेको बताइएको छ।

कम्पनीले आफ्नो घरेलु बजारको सन्दर्भमा २२.२ प्रतिशतले त्रैमासिक दरमा युनिटहरू बिक्री गर्दै सुधार गरेको उल्लेख छ। तर भिभोले शाओमीलाई उछिन्दै चौथो स्थानमा धकेल्न सफल भएको बताइएको छ। त्यसैगरी एप्पल पहिलो र ओप्पो दोस्रो भएको छ।

कुल राजस्व ५९.५ बिलियन युआन (८.४३ बिलियन डलर) भएको र समायोजित शुद्ध नाफा ३.२ बिलियन युआन (४५० मिलियन डलर) भएको बताइएको छ। तर यदि स्मार्ट ईभी व्यवसायसँग सम्बन्धित खर्चहरू समावेश गरिएको खण्डमा भने उक्त संख्या वास्तवमा १.१ बिलियन युआन (१५० मिलियन डलर) हुने उल्लेख गरिएको छ।

शाओमी आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्गस (एआईओटी) टेक्नोलोजीज एण्ड एप्लिकेसन्समा पनि लगानी गर्ने कम्पनी हो। साथै कनेक्टेड डिभाइसेजको संख्या बढेर ६१८ मिलियन पुगेको र १२.३ मिलियन प्रयोगकर्ताहरूसँग ५ वा त्यस भन्दा बढी त्यस्ता डिभाइसहरु रहेका उल्लेख छ। फ्रिज, एयर कन्डिसनर र वाशिङ मेसिन जस्ता स्मार्ट लार्ज होम एप्लाइनसेस्स (ठूला घरेलु उपकरणहरू) बाट हुने आम्दानीमा ६० प्रतिशत वार्षिक वृद्धि भएको उल्लेख छ। त्यसैगरी २.८ मिलियन टिभीहरू ढुवानी गरिएको र यसले शाओमीलाई स्मार्ट टिभीहरूको शीर्ष ५ कम्पनीहरूमा पुर्याएको छ।

प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार

तपाइको प्रतिक्रिया