
काठमाडौं ।
ओला इलेक्ट्रिकले आफ्नो ओला एस वान एयर इलेक्ट्रिक स्कुटरको डेलिभरी जुलाईदेखि सुरु गर्ने भएको छ। ओला इलेक्ट्रिकका सीईओ भाविष अग्रवालले ओला एस वान एयर इलेक्ट्रिक स्कुटरको डेलिभरी जुलाईदेखि सुरु गरिने जानकारी दिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ। ओला एस वान एयर ओला एस वान प्रोको लो एण्ड हो।
भाविषले ट्वीट गर्दै भनेका छन्, ‘पहिलो एस वान एयरको टेसट ड्राइभ गरियो। मजा आयो। जुलाईमा तपाईहरु माझ छिट्टै आउने छ।’ ओला एस वान एयरलाई फेब्रुअरीमा पेश गरिएको थियो। तर अन्य भर्जनका कारण लन्च गर्न पनि ढिलाई भइरहेको छ।
ओला एस वान एयरको सुरुवाती मूल्य ८४ हजार ९९९ हजार भारु र टप मोडलको मूल्य १ लाख ९ हजार भारुसम्म हुनेछ। एस वान एयर ती भर्जन २ किलोवाट आवर, ३ किलोवाट आवर र ४ किलोवाट आवरमा उपलब्ध छ। यसमा ४.५ किलोवाट मोटर छ।
यस इलेक्ट्रिक स्कुटरले ब्याट्री अनुसार ८५ किलोमिटर, १२५ किलोमिटर र १६५ किलोमिटको रेञ्ज प्रदान गर्छ। ओला एस वान एयर इलेक्ट्रिक स्कुटरमा ३ वर्षको एक्सटेन्डेड वारेन्टी उपलब्ध छ। साथै डिजिटल चाबी र कन्सोल प्राप्त गर्न सकिन्छ।
भारतमा ओला एस वान एयरको बुकिङ पहिलेदेखि नै सुरु भइसकेको छ। तर टेस्ट ड्राइभ, खरिद र डेलिभरी जुलाईदेखि सुरु हुनेछ। ग्राहकको उत्साहजनक प्रतिक्रियाका कारण उत्पादन प्रक्रिया तीब्र पारिएको छ।
ओला एस वान एयरको डिजाइन हाल उपलब्ध एस वान प्रो मोडल जस्तै छ। ओला एस वान एयर ५ रंग विकल्प कोरल ग्लैम, नियो मिन्ट, पोरसेलिन वाइट, जेट ब्ल्याक र लिक्विड सिल्भरमा उपलब्ध छ।
रिपोर्टका अनुसार ग्राहकहरुले तिहार अघि २.५ किलोवाट आवर भेरियन्टका लागि बुकिङ गरेका हकमा पनि कम्पनीले अतिरिक्त रकम बिना ३ किलोवाट आवर भेरियन्ट उपलब्ध गराउनेछ। ओला एस वान एयर कम्पनीको भारतीय बजारमा सबैभन्दा सस्तो मोडल हुनेछ।
प्रकाशित: १३ जेष्ठ २०८०, शनिबार