Technology Khabar १२ जेष्ठ २०८०, शुक्रबार
काठमाडौं ।
स्मार्टफोन प्रयोगकर्ताहरू सामान्यतया कुनै पनि एप डाउनलोड गर्न एप्पल र गुगलको एप स्टोरहरूमा जान्छन्। यति हुँदाहुँदै पनि फोनमा खतरनाक र ठगी एप्सको खतरा कायमै छ। टेक दिग्गजहरूले त्यस्ता एपहरू विरुद्ध कारबाही गर्छन्, तर कहिलेकाहीं त्यसमा ढिलाइ हुन्छन्।
एउटा सेक्युरिटी रिसर्च फर्मले यस्तो एपको बारेमा बताएको छ, जुन प्रयोगकर्ताका लागि खतरनाक छ। यो एक रेकर्डिङ एप हो जसमा मालवेयर राखिएको पत्ता लगाइएको छ। यस मालवेयरले मानिसहरूलाई जानकारी नदिई प्रत्येक १५ मिनेटमा अडियो रेकर्ड गरी विकासकर्तालाई पठाउन सक्छ।
साइबर सेक्युरिटी फर्म ‘ईसेट’ ले हालै गरेको एक अध्ययनअनुसार सो एपको नाम आईरेकर्डर (iRecorder) हो। यो स्क्रिन रेकर्डर सफ्टवेयर हो, जसले प्रयोगकर्ताको डिभाइसमा मालवेयर पठाउँदै थियो। गुगलले प्ले स्टोरबाट आईरेकर्डर- स्क्रिन रेकर्डर (iRecorder- Screen Recorder) नामको एप हटाएको छ।
रिपोर्टका अनुसार एप ५० हजारभन्दा बढी पटक इन्स्टल भएको थियो । यो पहिलो पटक सेप्टेम्बर २०२१ मा प्रस्तुत गरिएको थियो। र त्यतिबेला एपमा मालवेयर थिएन। रिपोर्टमा भनिएको छ कि अगस्त २०२२ को आसपास, विकासकर्ताले एपलाई अपडेट गर्यो र मालवेयर-सम्बन्धित कार्यक्षमता थप्यो।
एपले कसरी हानि गर्छ ?
रिपोर्टमा भनिएअनुसार एपमा AhMyth RAT मा आधारित दुई कोड फेला परेको थियो। यो यस्तो टूल हो, जसबाट धेरै प्रकारका गडबढीहरु गराउन सकिन्छ। उदाहरणका लागि, प्रयोगकर्ताहरूलाई थाहै नदिई, तिनीहरूको कल लगहरू, सम्पर्कहरू र टेक्स्ट सन्देशहरू फिल्टर गर्न सकिन्छ। फाइलहरूमा रहेको सूची हेर्न सकिन्छ। उपकरणको स्थान ट्र्याक गर्न सकिन्छ। एसएमएस पठाउन सकिन्छ। अडियो रेकर्ड गर्न सकिन्छ तस्बिर पनि लिन सकिन्छ।
आईरेकर्डर एप इन्स्टल वा अपडेट गर्ने प्रयोगकर्ताहरूले आफ्नो डिभाइसको सुरक्षालाई खतरामा राख्ने रिपोर्टमा भनिएको छ। ‘ईएसईटी’को अध्ययनमा यो एपको जोखिम खुलेपछि गुगलले हटाएको हो। यद्यपि यसबारे आधिकारिक रुपमा केही भनिएको छैन। यदि यो एप तपाईको फोनमा पनि छ भने तुरुन्तै डिलिट गर्नुहोस् र आफ्नो फोनलाई सुरक्षित बनाउनुहोस्।
प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार