फूडमान्डुको “फर्स्ट बाइट” मा रु.५०० सम्म छुट

  • Technology Khabar | १२ जेष्ठ २०८०, शुक्रबार
फूडमान्डुको “फर्स्ट बाइट” मा रु.५०० सम्म छुट

काठमाडौं ।

नेपालको अग्रणी फुड डेलिभरी कम्पनी फूडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीहरुलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन “फर्स्ट बाइट(First Bite)” ल्याएको छ।

यस याेजना अन्तर्गत फूडमाण्डु एप (Foodmandu App) का नयाँ प्रयोगकर्ताहरुले आफ्नो पहिलो अर्डरमा २५ प्रतिशत छुट (रु.५०० सम्म)  पाउन सक्नेछन्।

फूडमान्डुकी सिनियर ब्राण्ड मार्केटिंग एक्जिक्युटिभ अंकिता जोशीका अनुसार फर्स्ट बाइटले स्वादका पारखी युवाहरुलाई आकर्षण गर्न मात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अंगाल्न खोजेको छ।

नयाँ प्रयोगकर्ताहरुले फूडमान्डु एपबाट अर्डर गर्दा “FIRSTBITE” भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्ने जनाएको छ।

प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार