फ्रान्सको इलेक्ट्रिक ब्रान्ड थोम्सनले भारतमा २०० करोड भारु लगानी गर्ने

  • Technology Khabar | १२ जेष्ठ २०८०, शुक्रबार
फ्रान्सको इलेक्ट्रिक ब्रान्ड थोम्सनले भारतमा २०० करोड भारु लगानी गर्ने

काठमाडौं ।

फ्रान्सको इलेक्ट्रिक ब्रान्ड थोम्सनले भारतीय बजारमा आफ्नो स्थान बलियो पार्दै गइरहेको छ। थोम्सनले अहिले एकै पटक कयौं एफए सिरिजको टिभी पेश गरेको छ।

थोम्सनको एफए सिरिज टिभीमा रियलटेक प्रोसेसर दिइएको छ। यसका साथै कम्पनीले गुगल टिभी सिरिज पनि पेश गरेको छ। यस्तै कम्पनीले गूगल टिभी सिरिज पनि पेश गरेको छ। टिभीमा फोरके रिजोल्युसनको स्क्रिन छ। थोम्सनले टिभीका साथै वासिङ मेसिनको नयाँ रेञ्ज पनि लन्च गरेको छ।

भारतमा थोम्सन ब्रान्डको लाइसेन्स एसपीपीएलसँग छ। कम्पनीका सीईओ अवनीत सिंह मारवाह हुन्। थोम्सनले भारतमा विस्तारका लागि २०० करोड भारु लगानी गर्ने घोषणा गरेको छ। अमर उजालाका अनुसार कम्पनी मेड इन इन्डिया अभियानमा केन्द्रित छ।

थोम्सनले एफ सिरिज अन्तर्गत एन्ड्रोइड ११ का साथ ३२, ४० र ४२ इन्चको टिभी सार्वजनिक गरेको छ। गूगल टिभी सिरिजमा फोरके रिजोल्यूसनका साथ ४३ र ५० इन्च रहेको छ। थोम्सनले सेमी अटोमेटिक टप लोडिङ वासिङ मेसिन ९, १०, ११ र १२ किलोग्रामको क्षमतामा लन्च गरेको छ। थोम्सनका यी टिभी र वासिङ मेसिनको बिक्री ३० मेदेखि फ्लिपकार्टबाट हुनेछ।

प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...