काठमाडौं ।
आइएमई पे ले ‘रु.१ मा के, सामसङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ।
यहि जेठ १० गतेदेखि चल्ने यस अफरमा आइएमई पेका सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु.१ मा सो खेल खेली सामसङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन्।
प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘रु.१ मा के’ ब्यानरमा गइ खेल्न सक्नेछन्। यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु.१ तिरी सो खेल खेल्न सक्ने बताईएको छ।
यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ। साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गराएको छ।
प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार