नेपाल टेलिकमले भन्यो- ‘कुनै भ्याकेन्सी खोलेका छैनौं, सामाजिक सञ्जालका गलत सूचनाबाट सचेत हुनुस्’

  • Technology Khabar | १० जेष्ठ २०८०, बुधबार
नेपाल टेलिकमले भन्यो- ‘कुनै भ्याकेन्सी खोलेका छैनौं, सामाजिक सञ्जालका गलत सूचनाबाट सचेत हुनुस्’
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले आफूले कुनैपनि किसिमका कर्मचारीहरुको आवश्यकता माग नगरेको जनाएको छ। हाल टेलिकमको नाम दूरुपयोग गरेर सामाजिक संजालहरुमा राखिएको भ्याकेन्सी नोटिसका सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

कम्पनीले केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न ‘भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको जनाएको छ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिकरुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपर्न सबैलाई अनुरोध गरेको छ।

यसका साथै टेलिकमको आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र आधार मानेर कम्पनीका सेवाहरुको बारेमा अद्यावधिक हुन भनेको छ।

प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया