
काठमाडौं ।
चीनको सबैभन्दा ठूलो कार निर्माता मानिएको एसएआईसीले सन् २०२५ सम्ममा सोलिड–स्टेट ब्याट्रीद्वारा संचालित आफ्नो पहिलो गाडी रोल आउट गर्ने योजना रहेको एक चिनियाँ समाचार आउटलेटले बताएको छ।
कम्पनीले गत वर्षको जुलाईदेखि क्विन्ताओ इनर्जी डभलपमेन्टसँग नजिकबाट काम गरिरहेको र उक्त संयुक्त प्रयासहरूले राम्रो नतिजा प्रदान गरिरहेको एरिनाईभीमा रिपोर्ट गरिएको छ।
यद्यपी, एसएआईसीले ब्याट्रीको क्षमता, इनर्जी डेन्सिटि (ऊर्जा घनत्व) वा त्यस विषयसँग सम्बन्धित कुनै स्पेक्सहरुको विवरणहरू प्रदान गरेको छैन्। तर गत वर्षको जुलाईमा कार निर्माताले कम्तिमा पनि १,००० किलोमिटरको रेन्ज प्रदान गर्ने र फोरसी फास्ट–चार्जिङ टेकको साथ सोलिड–स्टेट ब्याट्री उत्पादन गर्ने प्रयास गरिरहेको बताएको थियो। यसले गर्दा उक्त सोलिड–स्टेट ब्याट्री १५ मिनेट भित्रमा फूल चार्ज हुन सक्ने दाबी गरिएको छ।
हालैको अवस्थामा सोलिड–स्टेट ब्याट्रीहरू अझै पनि नआइसकेको तर यस नयाँ प्रविधिको बारेमा समाचारहरू भने अधिक तवरले बारम्बार आई रखेको बताइएको छ। । साथै शाओमीले केहि महिना अघि (बोस्टेड ब्रेकथ्रू) सफलता प्राप्त गरेको थियो भने क्वान्टमस्केपले पनि पहिले नै वर्किङ्ग प्रोटोटाइपको परीक्षण गरिरहेको र सामसङले प्रगति हासिल गरिरहेको थप उल्लेख गरिएको छ।
प्रकाशित: १० जेष्ठ २०८०, बुधबार