स्वार्थ समूहको योजनामा विद्युतिय सवारी साधनको कर बढाउन लागेको भन्दै सांसदको आपत्ति

  • Technology Khabar | १० जेष्ठ २०८०, बुधबार
स्वार्थ समूहको योजनामा विद्युतिय सवारी साधनको कर बढाउन लागेको भन्दै सांसदको आपत्ति

काठमाडौं ।

सरकारले विद्युतिय सवारी साधनको कर बढाउन लागेको भन्दै सांसद सोविता गौतमले विरोध गरेकी छ्न्।

आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले विभिन्न स्वार्थ समूहको योजनामा इभीको कर बढाउने चलखेल हुँदै गरेकाे गाईगुईँ सुनिएको भन्दै त्यसलाई रोक्न माग गरिन् । उनले सरकारले विद्युतिय सवारी बढाउनका लागि लिएको लक्ष्य कर बढाउँदा पुरा नहुने भन्दै त्यसलाई रोक्नुपर्ने बताईन्।

सांसद गौतमले भनिन्, “सके विद्युतिय सवारीको अहिलेको कर घटाईयोस तर बढाउने चेस्टा गर्दै नगरियो।”

उनले जलवायु परिवर्तनको असर कम गर्नपनि विद्युतिय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताईन्।

प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार