सोनीको जेडभी–१ आईआई भ्लगिङ क्यामरा सार्वजनिक, मूल्य ९०० अमेरिकी डलर

  • Technology Khabar | १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

हाल आफ्नो नयाँ जेडभी रेन्ज भ्लगिङ क्यामराहरुको रोलमा रहेको सोनीले जेडभी–१ आईआई नामक भ्लगिङ क्यामरालाई नयाँ सदस्यको रूपमा घोषणा गरेको छ।

उक्त जेडभी–१ आईआई भ्लगिङ क्यामरा तीन वर्ष पुरानो जेडवि–१को सेकेन्ड जेनेरेसनको मोडल भएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

नयाँ मोडलमा यसको पूर्ववर्तीको तुलनामा खासै मुख्य सुधार भने नभएको उल्लेख गरिएको छ। सबैभन्दा ठूलो परिवर्तन भनेको जेडभी–१ आईआइ मोडलमा वाइडर १८–५०एमएम एफ१.८–४ लेन्स समावेश गरिएको छ। यसको पूर्ववर्ती जेडभी–१मा २४–७०एमएम एफ१.८–२.८ लेन्स रहेको उल्लेख छ। यद्यपी, नयाँ लेन्स त्यति धेरै अप्टिकल्ली स्ट्याबलाइज्ड (स्थिर) नभएको बताइएको छ।

जेडभी–१ आईआईमा अन्य धेरै परिवर्तनहरू वास्तवमा गत वर्षको जेडभी–१एफ बाट आएको बताइएको छ। यसमा यूएसबी–सी कनेक्टर, ३–क्याप्सुल माइक्रोफोन र रिलोकेटेड ट्राइपड माउन्टका साथै सम्पूर्ण यूआई र फिचर सेट जस्ता सुविधाहरू जेडभी–१एफ क्यामराबाट सापट लिएको उल्लेख गरिएको छ।

त्यसै गरी जेडभी–१ जस्तको जस्तै नयाँ जेडभी–१ आईआईमा पनि एउटै सेन्सर, प्रोसेसर, डिस्प्ले, स्टेबिलाइजेसन, अटोफोकस, ब्याट्री, फोटो र भिडियो फिचरहरू समावेश गरिएको उल्लेख गरिएको छ।

जेडभी–१ आईआई को मूल्य ९००अमेरिकी डलर रहेको र यो नयाँ भ्लगिङ क्यामरा आगामी जुन महिना देखि उपलब्ध हुने बताइएको छ।

प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया