सामसङको १२.४ इन्चको रोलेबल ओएलईडी प्यानल अनावरण

  • Technology Khabar | १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

लस एन्जलसमा आयोजना भएको वार्षिक डिस्प्ले वीक ट्रेड शोको क्रममा सामसङले सम्भावित क्रान्तिकारी १२.४ इन्चको रोलेबल ओएलईडी प्यानल प्रदर्शन गरेको छ। रोलेबल वा रोल गर्न मिल्ने अवधारणा देखेको यो पहिलो पटक भने नभएको तर सामसङको उक्त नयाँ १२.४ इन्चको रोलेबल ओएलईडी प्यानल अहिलेसम्मको सबैभन्दा ठूलो भएको र सानो स्क्रोलमा रोल पनि हुने भएकोले सामसङको आविष्कार प्रतिस्पर्धाभन्दा एक कदम अगाडि भएको उल्लेख गरिएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्यानललाई ४९ एमएमदेखि २५४.४ एमएम सम्म ठूलो बनाउन सकिने हुनाले यसको ५एक्स स्केलेबिलिटी निकै प्रभावशाली भएको उल्लेख गरिएको छ। हालको स्लाइडिङ स्क्रिनहरू आफ्नो आरिजिनल (मूल) साइजको ३एक्स सम्म मात्र स्केलेबिलिटी हुने बताइएको छ।

सामसङ डिस्प्लेले ओ–सेप्डको एक्सिस प्रयोग गरेर स्क्रोलको नक्कल गरेर उक्त सफलता हासिल गर्न सक्षम भएको बताएको छ। साथै कम्पनीले यसलाई रोलेबल फ्लेक्स भनेर नामाकरण गरेको र यसलाई पूर्ण रूपमा रोल गर्न सकिने बताएको छ।

रोलेबल फ्लेक्सको अतिरिक्त, सामसङले फ्लेक्स इन एण्ड आउट ओएलईडी प्यानल पनि प्रस्तुत गरेको बताइएको छ। हाल प्रयोग गरिएका प्रविधिले फ्लेक्सीबल ओएलईडीलाई केवल एक दिशामा फोल्ड गर्न अनुमति दिन्छ भने त्यसको विपरीत फ्लेक्स इन एण्ड आउट ओएलईडी प्यानललाई दुबै दिशामा झुकाउन मिल्ने उल्लेख गरिउको छ। सामसङको आफ्नै ग्यालेक्सी फ्लिप४ र फोल्ड४ यसको उदाहरण भएको बताइएको छ।

त्यसैगरी कोरियाली टेक जायन्टले इन्टिग्रेटेड फिङ्गरप्रिन्ट रिडर र हार्ट रेट सेन्सरको साथ विश्वको पहिलो ओएलईडी प्यानल पनि प्रस्तुत गरेको बताइएको छ। हालको कार्यान्वयनहरू सानो सेन्सर क्षेत्रमा मात्र निर्भर रहेको अवस्थामा सामसङको समाधानले स्क्रिनको सतहमा कुनै पनि औँलाको स्पर्शले ह्यान्डसेट अनलक गर्न अनुमति दिने उल्लेख गरिएको छ।

यसले लाइट सेन्सिङ अर्गानिक फोटोडायोड (ओपीडी) लाई प्यानलमा इम्बेड गरेको बताइएको छ। यस प्रविधिले रक्तनलीको संकुचन र आरामको अनुगमन गरेर ब्लड प्रेसर (रक्तचाप), हार्ट रेट (मुटुको चाल) र स्ट्रेस (तनाव) पनि रिड गर्न सक्ने बताइएको छ।

प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया