
काठमाडौं ।
उन्नत चिप्सको निर्माता एप्लाइड मटेरियल्सले विश्वव्यापी अर्धचालक (सेमिकण्डक्टर) र कम्प्युटिङ उद्योगहरूलाई आवश्यक पर्ने प्रविधिहरूको विकासलाई गति दिन अमेरिकाको नयाँ इक्विपमेन्ट एन्ड प्रोसेस इनोभेसन एण्ड कमर्शियलाइजेशन (एपिक) केन्द्रमा ४ बिलियन डलर लगानी गर्ने बताएको छ।
चिप्स निर्माणमा प्रयोग हुने उपकरणहरूको सबैभन्दा ठूलो निर्माता कम्पनीले अमेरिकी सरकारको चिप्स एण्ड साइन्स ऐनबाट सहयोग प्राप्त गर्नेगरी कम्पनीमा लगानीको मात्रा निर्भर रहेको बताएको छ।
सन्नीभेल, क्यालिफोर्नियामा आधारित केन्द्र २०२६ मा लाइनमा आउनेछ र २ हजार ईन्जिनियरिङ रोजगारीहरू सिर्जना गर्ने एप्लाइडले भनेको छ।
प्रकाशित: १० जेष्ठ २०८०, बुधबार