बीएमडब्लुको समर २०२३ लाइनअपको लागि तीन नयाँ ईभी सार्वजनिक

  • Technology Khabar | १० जेष्ठ २०८०, बुधबार
बीएमडब्लुको समर २०२३ लाइनअपको लागि तीन नयाँ ईभी सार्वजनिक

काठमाडौं ।

बीएमडब्लुले आफ्नो समर (ग्रीष्म) २०२३ लाइनअपको भागको रूपमा सोमबार नयाँ ईभीहरुको घोषणा गरेको छ। नयाँ मोडलहरूमा आई४ एक्सड्राइभ ४० (आई४ को अल–ह्विल–ड्राइभ भरिएन्ट), सिङ्गल–मोटर आई७ ईड्राइभ५० र हाइब्रिड ७५०ई एक्सड्राइभ समावेश रहेको छ।

साथै अटोमेकरले थप रूपमा केही मोडलहरूको लागि भनेर अपडेटेड इन्फोटेनमेन्ट अपरेटिङ सिस्टम पनि खुलासा गरेको इनग्याजेटमा उल्लेख छ।

२०२४ आई४ एक्सड्राइभ ४० लोकप्रिय ग्रान कूपको ३९६–हर्सपावर भेरिएन्टको अल–ह्वील–ड्राइभ भएको उल्लेख छ। यस अल इलेक्ट्रिक भेहिकल (पूर्ण विद्युतीय गाडी)मा रहेको डुअल मोटरहरूले स्ट्यान्डर्ड १८ इन्चको टायरहरु प्रयोग गरेर अनुमानित ३०७ माइलको दायरा प्रदान गर्ने दाबी गरिएको छ। साथै अप्सनल १९ इन्चको पाङ्ग्राहरू प्रयोग गरिएको खण्डमा भने ३०७ माइलको उक्त दायरा (रेन्ज) लगभग २८२ माइलसम्म खस्कने बताइएको छ।

त्यसैगरी ईभीले ४.९ सेकेन्डमा शून्यदेखि ६० को गति लिन वा बढाउन सक्छ। आई४ एक्सड्राइभ ४० को मूल्य ६१,६०० डलर देखि सुरु हुने र त्यसमा डेस्टिनेसन चार्जको रुपमा थप ९९५ डलर शुल्क लाग्ने उल्लेख छ। त्यसै गरी बीएमडब्लुले २०२३ को तेस्रो त्रैमासिकमा अमेरिकामा आधारित डेलिभरी सुरु गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, रियर–ह्वील–ड्राइभ आई७ ईड्राइभ५० एक सिङ्गल जीईएन५ मोटरद्वारा संचालित भएको र उक्त मोटरले ४४९ हर्सपावर आपूर्ति गर्नेछ। बीएमडब्लुले आगामी जाडोमा “मार्केट लन्चको नजिक” यस मोडलको रेन्ज र पर्फमेन्स (दायरा र कार्यसम्पादन) विवरणहरूको बारेमा घोषणा गर्ने बताइएको छ। यद्यपी यस मोडलको मूल्य भने १०५,७०० डलर (प्लस गन्तव्य शूल्क) देखि सुरु हुने उल्लेख छ।

अर्को मोडल ७५०ई एक्सड्राइभमा ३०८–हर्सपावरको सिक्स–सिलिन्डर इन्टर्नल कम्बस्सन इन्जिनलाई १९४–हर्सपावर इलेक्ट्रिक मोटरसँग कम्बाइन (जोडिएको) गरिएको छ। यस मोडलले ४८३ हर्सपावर र ५१६ एलबी–फीट टर्क पनि प्रदान गर्ने बताइएको छ। साथै प्लग–इन हाइब्रिडको विशुद्ध इलेक्ट्रिक रेन्ज (विद्युतीय दायरा) ३५ माइल रेटेड (मूल्याङ्कन) गरिएको थप रूपमा उल्लेख छ। ७५०ई एक्सड्राइभको मूल्य १०७,००० डलर देखि सुरु हुने र थप ९९५ डलर गन्तव्य शुल्क लाग्ने उल्लेख गरिएको छ। यस मोडललाई पनि आगामी जाडोमा अमेरिकामा लन्च गरिने बताइएको छ।

यस बाहेक अटोमेकरले “केही मोडेलहरूमा” आफ्नो इन्फोटेनमेन्ट अपरेटिङ सिस्टम अपडेट गर्ने भएको छ। बीएमडब्ल्यू अपरेटिङ सिस्टम ८.५ ले कम्पनीको कर्भ्ड डिस्प्लेमा राम्रोसँग काम गर्नको लागि भनेर डिजाइन गरिएको “स्पष्ट रूपमा व्यवस्थित कार्यहरू” सहितको होम स्क्रिन उपलब्ध भएको बताइएको छ। सब–मेनुहरूबाट मुक्त गर्दै यसले चालकको छेउमा ठाडो रूपमा व्यवस्थित गरी राखिएको विजेटहरूमार्फत “जिरो–लेयर प्रिन्सिपल” (शून्य–तह सिद्धान्त) प्रयोग गर्ने र त्यसले सबै सान्दर्भिक नियन्त्रणहरू र जानकारीहरूलाई सिङ्गल लेभल (एकल स्तरमा) राख्ने बताइएको छ।

साथै यस मोडलमा क्लाइमेट कन्ट्रोल मेनु, एप लाइब्रेरी, नेभिगेसन र एप्पल कारप्ले/एन्ड्रोइड अटोमा द्रुत पहुँच गर्नको लागि चिन्हहरू समावेश गरेको बताइएको छ।

प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार