इमरजेन्सी ई–पासपोर्ट देशभरका सबै जिल्लाबाट दिन सांसदको माग

  • Technology Khabar | ९ जेष्ठ २०८०, मंगलवार
इमरजेन्सी ई–पासपोर्ट देशभरका सबै जिल्लाबाट दिन सांसदको माग

काठमाडौं ।

देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाटै इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन्।

उनले राहदानी लिन नेपाली जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गरे।

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार