नेपाल टेलिकमको टावर छ, नेटवर्क छैन

Technology Khabar ९ जेष्ठ २०८०, मंगलवार

नेपाल टेलिकमको टावर छ, नेटवर्क छैन
म्याग्दीमा रहेको नेपाल टेलिकमको मोबाइल टावर। फाइल तस्बिर

काठमाडौं ।

बैतडी जिल्लाको पुरचौंडी नगरपालिका र सिगास गाउँपालिकामा नेपाल टेलिकमको टावर भए पनि फोनको नेटवर्क नहुँदा स्थानीय सञ्चार सुविधाबाट वञ्चित भएका छन्। जिल्लामै बढो जनसङ्ख्या रहेको पुरचौंडो नगरपालिकामा टेलिकमको नेटवर्क आकाशमा बादल लाग्नेबित्तिकै बन्द हुने गरेको छ।

पुरचौंडी नगरपालिकामा मात्र ४० हजार जनसख्या रहेको छ। यो नगरपालिकाको कुवाकोट-५. काटैको डाँडामा रहेको टेलिकमको टावरले बादल लागेको दिन काम नगर्दा सञ्चारबाट बञ्चित हुनु परेको स्थानीय दिनेश नागारीले बताए।

पाटन नगरपालिका-१०, ठाँटा बजार वा मटे गाउँ नजिक टेलिकमको टावर निर्माण गर्न सके सिगास र डडेलधुराको नवदुर्गा गाउँपालिकासम्मका सेवाग्राहीलाई सजिलो हुने स्थानीय परमानन्द भट्ट बताउँछन्।

पाटन नगरपालिका-१ का बाटुलासों, गणेशपुर, गुत्थडी, बाउली बलेत, सिमरोडालगायतका गाउँना पनि फोन गर्न नेटवर्क खोज्दै डाँडातिर उक्लिनु पर्छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका-४, सपराली र बबेत गाउँमै टेलिकमको नेटवर्कले काम गर्दैन। यहाँका स्थानीय फोन गर्न अग्लो डाँडातिर जाने गरेका छन्।

शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको भारतसित सीमा जोडिएका गाउँमा टेलिकमको नेटवर्कले काम नगर्दा भारतीय सिमको प्रयोग गरेर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए। गोरखापत्रबाट

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया