यात्री मोटरसाइकलको च्यासिस भाँचिएको फोटो इन्टरनेटमा भाइरल, यस्तो छ कम्पनीको स्पष्टीकरण

Technology Khabar ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

नेपालमा उत्पादिन इलेक्टिक मोटरसाइकल फेरि एक पटक चर्चामा आएको छ। यो पटक यात्री मोटरसाइकलको भाँचिएरको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। जसमा उक्त मोटरसाइकल गुड्दागुडुदै च्यासिस भाँचिएको भनिएको छ।

कम्पनीले उक्त फोटो परीक्षण क्रमको रहेको भनेर स्पष्टीकरण दिएको छ।

कम्पनीले सोमबार दिउँसो फेसबुकमा सूचना जारी गर्दै भनेको छ, ‘परिस्थितिको सन्दर्भ बिना नै हाम्रो बाईकको चेसिसका केही तस्बिरहरू इन्टरनेटमा प्रसार भइरहेका छन्। यो परीक्षण को लागि प्रयोग भएको मोटर साईकल हो ग्राहाक ले किनेको वा ग्राहक लाई बिक्री गरिएको मोटर साईकल होइन। बाइकमा भविष्यमा गर्न सकिने पुनरावृत्ति र नयाँ डिजाइनको लागि, हामी यात्रीमा लगातार नयाँ पाटपूर्जा र प्रणालीहरूको परीक्षण गरि रहन्छौं। आन्तरिक परीक्षण को क्रममा, हाम्रो परीक्षण इन्जिनियरले आवश्यक डाटा संकलन गर्ने तथा प्रमाणीकरण गर्ने उद्देश्यले नयाँ चेसिस पुनरावृत्ति परीक्षण गरिरहेका थिए जुन त्यति राम्रोसँग सफल हुन सकेन। यस्तो भ्रमपूर्ण समाचारले गर्दा यहां हरुमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं। हामी हाम्रा उपभोक्ता र यात्रीको सुरक्षाप्रति सचेत र सतर्क छौं । त्यसैले भ्रममा नपर्न हामी सबैलाई अनुरोध गर्छौं।’

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया